स्वावलम्बन लघुवित्तका कामु सीईओमा गोविन्द चापागाईं

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाईं चयन भएका छन् ।  प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदय राज खतिवडाले पदबाट राजीनामा दिएपछि चापागाईंलाई उक्त जिम्मेवारी दिइएको हो ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले खतिवडाले पदबाट दिएको राजीनामा सोमबारदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

त्यसैगरी सोही बैठकले अर्को निर्णय नभएसम्मका लागि कम्पनीमा वरिष्ठ क्रममा रहेका नायब महाप्रवन्धक चापागाईंलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।