लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । आइतबार एक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले कम्पनीका संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । सो सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु तथा अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया