कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनलाई पानी तथा जुस वितरण

0
Shares

महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पाल्नु हुने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसै गरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ । उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खटेका छन ।

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।