नर्भिकले बाँझोपन र स्त्री रोगको निशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २०% सम्म छुट

0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा सहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।

नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

शिविरमा निशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीइओ मिश्राले बताए ।

शिविरमा सहभागी भएका विरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाँच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।

यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिबार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।