साल्ट ट्रेडिङको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको फागुन १६ गते सोमबार बसेको सञ्चालक समितिको १०१६ औं बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।

यसअघिका कम्पनीका अध्यक्ष लक्ष्मीदास मानन्धर मानन्धर थिए । उनको निधनपछि अध्यक्ष पद रिक्त थियो । रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको साल्ट ट्रेडिङले जनाएको छ । नवनियूक्त श्रेष्ठ यसअघि कर्पोरेसनमा सञ्चालक समितिका सदस्य थिए ।

सरकाररले साल्ट ट्रेडिङका सञ्चालक समतिको अर्को सदस्य समेत परिवर्तन गर्ने भएको छ ।

हाल सरकारको प्रतिनिधिको रुपमा प्रेम कुमार श्रेष्ठ सञ्चालक रहेकामा उनलाई हटाएर उनको ठाउँमा नयाँ प्रतिनिधि पठाउने तयारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।