गरिमा विकास बैंक लिमिटेड (GBBL) को ऋणपत्र शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको १० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो । बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेञ्चर, २०८५’ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
निष्कासन गरिएको कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता व्यक्तिगत रुपमा संघ संस्थालाई बिक्री गरेको थियो ।
बैंकले सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया