माइपे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा पाइने

0
Shares

डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको माईपेले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।

माईपेका अनुसार ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माइपे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माइपे मार्फत न्यूनतम १ रुपैयाँ हजारको कारोबार भएको हुनुपर्छ । यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।

यस बीमा सुविधाका अतिरिक्त माईपे मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र १ रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ । साथै माइपेका ग्राहकहरुले माईपे मार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आइरहेको छ । यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ ।

माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार  १९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।