नेपालको अग्रणी सूूचना प्रविधि कम्पनी एफवान सफ्ट १८ वर्ष पूरा

0
Shares

तीन जना विद्यार्थीहरुको सिर्जनशीलता र प्रविधि सम्बन्धी ज्ञानको आधारमा स्थापना भएको नेपालको पहिलो सूचना तथा प्रविधि कम्पनी एफवान सफ्ट १८ वर्ष पूरा भएको छ ।

सन् २००४ मा स्नातक अन्तिम वर्षमा अध्ययन गरिरहेका केही विद्यार्थीले सुुरु गरेको एफवान सफ्ट वर्तमान अवस्थामा नेपालको प्रमुख सूूचना प्रविधि कम्पनीमा आफूूलाई स्थापित गराउन सफल भएको छ । सुुरुवाती समयमा वेभसाइटहरु बनाउने र विभिन्न कम्पनीहरुलाई बेच्ने काम गर्ने गरेको र समयक्रम अनुुसार कम्पनीको उद्देश्य पत्ता लगाउने क्रममा सन् २००६ मा इसेवाको अवधारणा आएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुवास शर्मा बताउँछन्।

बाहिरी देशमा डिजिटल माध्यमबाट भुत्तानी गर्न मिल्ने व्यवस्था रहेको तर नेपालमा भने त्यस्तो केही सुविधा नरहेको हुँदा नेपालमा पनि यस्तै सुविधाको विकास गर्नुपर्छ भन्ने अवधारणा सहित इसेवा–नेपालको पहिलो डिजिटल वालेटलाई विकास गरी परिक्षण गर्ने तरिकाले सन् २००८ मा लन्च गरेको शर्माको भनाइ रहेको छ । सुरुवाती समयमा इसेवा भनेको के हो र यसले कसरी काम गर्छ भन्ने बुझाउन मै समस्या रहेको उनको भनाइ छ । अचम्मको कुरा त के छ भने, इसेवा विकास हुँदा पनि नेपालमा भुत्तानी सेवा प्रदायक र सन्चालकलाई लिएर कुनै नियम नै बनेको थिएन । पछि जब नेपाल राष्ट्र बैंकले नियम बनाउने घोषणा ग¥यो तब इसेवालाई नै अध्ययन गरी नियम बनाएको शर्मा थप्छन् ।

सन् २०१० को समयमा नेपालमा धेरै वाणिज्य बैंकहरुको स्थापना भएको थियो । त्यसै समयमा हरेक बैंकलाई नवीनता चाहिएको थियो । त्यसै अनुसारको नवीनता पस्किँदै एफवान सफ्टले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ जस्ता सुविधा दिने सफ्टवेयर बनाउने काम ग¥यो । बैंकहरुसँग नै सहकार्य गरी इसेवा लन्च गरेको हुँदा जति बैंकहरु विकास हुँदै गए त्यसरी नै इसेवा पनि विकास हुँदै गयो । अहिले कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । आजको दिनमा नेपालमा जतिवटा बैंकसँग मोबाइल बैंकिङ छन त्यो सबै एफवान सफ्टले नै बनाएको हो ।

नेपालको डिजिटल वालेट प्रणालीमा इसेवाले जुन क्रान्ति ल्यायो त्यसै गरि नै मोबाइल बैंकिङ्गमा एफवान सफ्टले क्रान्ति ल्याएको सीईओ शर्माको दाबी छ ।समयको माग अनुसार कम्पनी विभिन्न सफ्टवेयरहरु बनाइ रहेको छ । इसेवा, फोनपे, दियालो, दर्शनटेक, फिट इन्टरनेशनल, इसेवा मनि ट्रान्सफर, कोजेन्ट हेल्थ, एक्सटेन्सो डाटा, लोजिका जस्ता सब्सिडरी कम्पनीको विकास गरी एफवान सफ्टले नेपालीले गर्ने हरेक डिजिटल कारोबारको हिस्सा भएको छ । नेपालमा हुने डिजिटल भुक्तानी चाहे क्युआर कोड स्क्यान गरेर होस् वा इन्टरनेट बैंकिङ्गबाट होस् वा इसेवाबाट होस् ती सबैमा एफवान सफ्ट जोडिएको शर्मा बताउँछन् ।

आफूहरुले १८ औं वर्ष सम्म आइपुग्दा मानिसहरुलाई सहजता प्रदान गर्दै आएको तर अबको समयमा मानिसहरुलाई उत्पादनशील बनाउने उद्देश्य लिएको शर्माको भनाइ छ । उनी भन्छन् – यतिन्जेल मानिसहरुलाई डिजिटल भुत्तानीबाट सहज बनायौं, समय बचाउने काम ग¥यौं । अब सहज बनाउने मात्रै होइन, एफवान टेक्नोलोजी कै प्रोडक्ट प्रयोग गरेर मानिसहरुको कार्यक्षमता र उत्पादनशीलता वृद्धि गर्न डिजिटल लेन्डिङको सुविधा अघि सारेका छौं । यस सुविधा अन्तर्गत व्यवसायीहरुले साइट हेरेर त्यसै अनुसारको लोन लिन सक्नेछन् । यस सुविधाले व्यवसायी विस्तारमा टेवा पुराउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।