चिलिमे जलविद्युतको बोनस सूचीकृत

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार चिलिमेको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

चिलिमेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

चिलिमेको पुस २३ गते शुक्रबार स्काई जोन रेष्ट्रो एन्ड ब्यांकेट्स, धुम्बाराही काठमाडौंमा सम्पन्न सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि चिलिमेले पुस १५ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश (बोनस र नगद) पाउनेछन् ।

आइतबार सूचीकृत उत्तक्त बोनस सेयर सम्बन्धीत लगानीकर्ताले आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आइतबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।