बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाइको संयोजकमा जगतकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
आइतबारको ऊर्जामन्त्रीस्तरीय निर्णयबाट गोरखा स्थायी ठेगाना रहेका श्रेष्ठलाई राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनामा बढीमा २ वर्षका लागि नियुक्त गरिएको हो । पोर्चुगलबाट सिभिल इन्जिनियरिङमा पीएचडी श्रेष्ठ पुल्चोक क्याम्पस सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक हुन् ।
यसअघिका संयोजक कृष्णबहादुर कार्कीलाई सरकारले माघमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसयता उक्त पद रिक्त रहेको थियो ।
आयोजना निमार्णको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रूप कम्पनी लिमिटेड (गेजुवा) ले पाएको थियो । तर लामो समयसम्म पनि आयोजना अघि बढ्न नसकेपछि गेजुवासँगको सम्झौता रद्द गरेर सरकार आफैँले आयोजना अघि बढाउने बताउँदै आएको छ ।
बुढीगण्डकीमा मुआब्जा वितरण, बस्ती स्थानान्तरण र पुनस्र्थापनामा हालसम्म करिब ३६ अर्ब रुपैयाँ खर्च भैसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया