महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा विद्युतीय आर. ओ प्लान्ट हस्तान्तरण

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ ।

बैंकको “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम अन्तर्गत पकडी शाखाले एक विशेष कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो ।

विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
स्वस्थ जीवनयापनकालागी शुद्घ खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्बित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।