माइक्रोसफ्टले २ अर्ब डलरमा भारतमा स्थापना गर्यो चौथो डाटा सेन्टर

0
Shares

माइक्रोसफ्ट कर्पोरेशनले भारतमा आफ्नो चौथो डाटा सेन्टर स्थापना गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सेन्टर कुल २ अर्ब अमेरिकी डलरमा निर्माण गरिएको छ । उपभोत्ताहरुको प्रविधि प्रतिको बढ्दो लगावका कारण कम्पनीले छोटो समयमा उचाई हासिल गरेको माइक्रोसफ्ट भारतका प्रमुख अन्नत महेश्वरीले जानकारी दिएका छन् ।

नयाँ डाटा सेन्टर दक्षिण भारतको तेलाङ्गानामा रहेको छ । पब्लिक कलाउड सर्भिसमा गरिने लगानी एक पटकको मात्र नभई लगातार र पटक–पटक गरिने लगानी हो । विगत दुई वर्षमा हामीले पूर्व निर्माधीन तीन कम्पनीको क्षमता वृद्धि गरी दोब्बर गराएको महेश्वरीको दाबी रहेको छ ।

हालसम्म माइक्रोसफ्टले ३ लाख ४० हजार कम्पनीहरुसँग काम गरिसकेको छ ।

यसैगरी प्रतिस्पर्धामा रहेको अमाजनले पनि सन् २०२० मा २ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा दोस्रो डाटा सेन्टर स्थापना गरेको छ । प्रतिस्पर्धा बढेसँगै भारत सरकारले वैदेशिक कम्पनीहरुले प्राप्त गर्ने डाटालाई स्थानीय सर्भरमा स्टोर गर्न सुझाव दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।