आयात नियन्त्रणले निक्षेपमा सुधार, कर्जा विस्तारमा बैंकहरु झनै आक्रमक

0
Shares

बैंकहरुमा विगतका साताको तुलनामा निक्षेप बढेको छ । तर, पनि बैंकहरुले निक्षेप भन्दा कर्जा लगानी धेरै गर्न भने छोडेका छैनन् ।

फागुन महिनाको पहिलो साता ३ अर्ब स्वेदशी मुद्राको निक्षेप बढेको बैंकिङ प्रणालीमा दोस्रो सातामा एक अर्ब मात्र निक्षेप थपिएको थियो । तर, फागुन महिनाको १३ गते देखि २० गतेसम्ममा मात्र ११ अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको हो । यो अवधिमा सरकारी खर्चमा आएको तुलनात्मक सुधार तथा आयातमा गरिएको नियन्त्रणले निक्षेप बढाएको हो ।

तर, सोही अवधिमा विदेशी मुद्राको निक्षेप मात्र नभई कर्जा पनि निरन्तर घट्दो क्रममा देखिएको छ । फागुन महिनाको पहिलो साता २ अर्बले निक्षेप घटेको थियो । त्यसैगरी दोस्रो सातामा २ अर्बले विदेशी मुद्राको निक्षेप थपिएको भएपनि फागुन १३ गते देखि २० गते सम्मको अवधिमा एक अर्बले निक्षेप घटेको छ ।

त्यसैगरी फागुन महिनामा विदेशी मुद्राको कर्जा लगानी भने निरन्तर घटेको छ । फागुन महिनाको पहिलो सातामा ९ अर्बले घटेको विदेशी मुद्राको कर्जा दोस्रो सातामा पनि ९ अर्बले नै घटेको थियो । फागुन महिनाको १३ देखि २० गतेसम्ममा विदेशी मुद्राको कर्जा ७ अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकले विलासीताका बस्तुहरुको आयातमा गरेको कडाईका कारण आयातका लागि बुक गरिएका कर्जाहरु रद्द भएपनि कर्जा घटेको हो । त्यतीमात्र नभई आयातका लागि पनि विदेशी मुद्रा भन्दा पनि स्वदेशी मुद्रामा नै टिआर लोन जारी गर्न थालेकाले पनि विदेशी मुद्राको कर्जा घट्दो क्रममा देखिएको हो ।

चालु आर्थिक वर्षको फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप १३ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सो अवधिमा १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन २० गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।