राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जम्मा गरिएको छ । उक्त आईपीओ आरयूएलबी (RULB) स्टक संकेतमा सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ ।
कम्पनीले फागुन ४ गतेदेखि ८ गतेसम्म बिक्रीमा ल्याएको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट पाएका ७९ हजार ४५० जना लगानीकर्ताहरूकाे हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको हो ।
कम्पनीले उक्त आईपीओको बाँडफाँड फागुन १२ गते बिहीबार सम्पन्न गरेको थियो । ७९ हजार ४५० जनाले गोलाप्रथाद्वारा १० कित्ताका दरले आईपीओ पाएका थिए । कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिएकामध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकोम ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका इकाइ र १३ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।
अब कम्पनीको धितोपत्र फ्रन्ट लाईन सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण सम्झौता हुनेछ । उक्त सम्झौता भइको दोस्रो कारोबार दिनदेखि मात्र कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
प्रारम्भिक सार्वजनिक निष्काशन गरिने साधारण शेयर “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्था अनुसार साधारण सेयरको बाँडफाँड गर पछि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा प्रचलित सचीकरण सम्बन्धी व्यवस्था अनुसार सूचीकरण तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा धितोपत्र दर्ता गराई शेयर खरिद बिक्रीमा आउने गरेको छ ।
कतिमा खुल्छ पहिलो कारोबार ?
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको आधारमा सम्बन्धीत कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।
नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । कम्पनीको आईपीओ आरयूएलबी स्टक संकेतमा नेप्से मार्फत दोस्रो बजारमा कारोबारमा आउनेछ ।
यसअनुसार कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १६७.४३ रुपैयाँ देखि अधिकतम ५०२.२९ रुपैयाँसम्मको सीमा पाउनेछ । यही बीचको मूल्यमा कम्पनीको पहिलो कारोबार हुनेछ ।
यसरी हेर्दा कम्पनीको सेयर हात पारेका भाग्यशाली लगानीकर्ताले पहिलो दिन नै एक हजारको लगानीलाई ५ हजार २२ रुपैयाँ बनाउने देखिन्छ ।
गत आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २६.९२ रुपैयाँ कायम गरेको छ । कम्पनीको नेटवर्थमा औसत प्रतिफल १६.०८ प्रतिशत र सञ्चित मुनाफा ६ कराेड २४ लाख ३० हजार रूपैयाँ रहेको छ ।
तीन वर्षपछि अर्थात आव २०८०/८१ सम्म पुग्दा लघुवित्तले २७ करोड ५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १०४.०४ रुपैयाँ इपिएस पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ र नेटवर्थमा औसत प्रतिफल २९.९८ प्रतिशत र सञ्चित मुनाफा ४८ करोड ५८ लाख ७७ हजार रुपैयाँ पुर्याउने कम्पनीको आंकलन छ ।
काभ्रेको बनेपामा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ फागुनदेखि वित्तीय कारोबार सुरु गरेको थियो । नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने गैर सरकारी संस्थाहरुलाई लघुवित्त संस्थामा रुपान्तरण गर्न निर्देशन गरेपछि राष्ट्र उत्थान नामबाट कारोबार सुरु गरिएको हो ।लघुवित्त संस्थामा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक लगानी रहेको छ । ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबी रेटिङ्ग‘ प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने इक्रा नेपालले बताएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि इक्रा नेपालले बताएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया