छ्याङ्दी हाइड्रोपावर अवितरित सेयर चैत १ गतेदेखि लिलामीमा

0
Shares

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) को अवितरित ५९ हजार ८२७ कित्ता हकप्रद सेयर चैत १ गतेदेखि लिलामीमा आउने भएको छ ।

कम्पनीले माघ ११ देखि फागुन २ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुा आउने कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

उक्त सेयरमध्ये सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता हकप्रद सेयर वितरण हुन नसकेको हो ।

सोही अवितरित हकप्रद सेयर लिलामी प्रकृयाबाट बिक्री खुला गरिन लागिएको हो ।

उक्त लिलामी सेयर खरीदका लागि चैत ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लिलामी सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढीबाट बोलपत्र प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।