एनएलजी इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांश अनुमोदन हुँदै

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.५२ प्रतिशत लाभांश पारित गर्न १६ औं साधारण सभा डाकेको छ ।

कम्पनीले चैत १७ गते अम्रपाली ब्याङ्क्वेट, काठमाण्डौंमा बिहान साढे १० बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति र स्थानमा सभा बोलाउने निर्णय गरेको छ ।

सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने गर्नेछ ।

यस्तै सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन गर्ने, उक्त संसोधनका लागि सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका अन्य प्रस्तावहरु पनि सभामा रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ६ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने तयारी कम्पनीको छ ।

बुकक्लोजको आधारमा चैत ६ गतेको अघिल्लो कारोबार दिन अर्थात चैत ३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँ बराबरको बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।