
सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ ।
रुस युक्रेन दन्दका कारण उच्च रुपमा बढेर बुधबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ बिहीबार भने एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार सुन तोलामा २ हजार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँमा कारोबार भउको थियो ।
यस्तै आज सुनको मूल्यसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७८ डलर तथा चाँदी प्रतिऔंस २५.५६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया