
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन महिना भित्र बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आग्रह गरेको छ ।
बेरोजगारहरुले आफु बसोबास गर्ने वडा अथवा स्थानीय तहको रोजगार सेवा केन्द्रमा गएर सूचीकृत हुन सक्नेछन् । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिको सूचीमा फागुन महिनाभित्र सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो ।
प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्ने छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि फागुन महिनाभित्रै निवेदन दिन आग्रह गरेको हो । निवेदक १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने र निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने मन्त्रालयले जनाएकाे छ ।
प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आ.व. २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो।
नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय (चालु आर्थिक वर्षको सन्दर्भमा रु. ५७,७००/-) भन्दा कम आय भएको नागरिकले मात्र बेरोजगारसूचीमा नाम दर्ता गराउन सक्ने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया