फर्स्ट माइक्रोफाइनान्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित लाभांश पारित गर्न असोज २८ गते मंगलबार बिहान १० बजे आम्रपाली ब्याङ्केट भाटभटेनीमा दशौं वार्षिक साधारण सभा आब्हान गरेको छ। 

लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभाले लाभांश प्रस्तावका साथै गत आवको आर्थिक प्रतिवेदन, आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण तथा लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु साधारण सभामा पेश गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ छ । जस अनुसार कम्पनीले ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । लाभांशपछि कम्पनीको पूँजी ८० करोड नाघ्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले असोज १४ गते देखि असोज २८ गतेसम्मका लागि शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ। यसअनुसार असोज १३ गते सोमबारसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन्।