डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
डिप्रोक्स लघुवित्तको लघुवित्तको सञ्चालक समिति बैठकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्टलाई बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल काठमाण्डौंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले लघुवित्तले विसं २०७८ चैत ३ गतेदेखि लागू हुनेगरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।
सेयर राजिष्ट्रारको रुपमा नबिल इन्भेमेन्ट बैंकिङ्गले डिप्रोक्स लघुवित्तकोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, सेयर दस्तखत प्रमाणिकरण, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायत सेयर सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।
यसअघि डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल रहँदै आएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया