नेप्से परिसूचक ५२ अंकले बढ्दा सबै उपसमूहमा हरियाली

0
Shares

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५२.३१ अंकले बढेर २ हजार ५६६ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३० अंकले घटेको थियो।

बिहीबारको बजारमा नेप्से उच्च अंकले बढेपनि कारोबार रकम सामान्य बढेको छ । यस दिन २२६ स्टकको ४३ हजार ५३८ पटकको कारोबारमा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको थियो।

कारोबारमा आएका सबै उपसमूह बढेका छन । बैंकिङ १६, ब्यापार ६०, होटल तथा पर्यटन ४२, विकास बैंक २०२, जलविद्युत् १२४, फाइनान्स १०२, निर्जीवन बीमा २४८, उत्पादन १२७, अन्य ०.८६, माइक्रोफाइनान्स ९७ र जीवन बीमा उपसमूह ३७२ अंक उकालो लाग्दा समग्र बजार बढेको हो।

यसदिन इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ ५० पैसा कायम भएको छ । कर्णाली विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टरको मूल्य ८ प्रतिशत धेरै बढ्यो । माउनटेन इनर्जीको मूल्य ३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।