महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका सामाग्रीहरु प्रदान

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित उक्त विद्यालयलाई सहयोग गरेको हो ।

बैंकले विज्ञान प्रयोगशालाका एक्त सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । विगत २७ वर्ष देखि अनवरत रुपमा गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यससामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको बताए ।

महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको छ ।

साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता सञ्चालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्यूनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, निःशुल्क मोवाइल बैकिङ्ग, निःशुल्क एटिएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।