बहुर्राष्ट्रिय कम्पनी कोकाकोला विरुद्ध साढे ७ अर्ब कर छलीको मुद्धा

0
Shares

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो ।

बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।

राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27  गते दायर गरिएको ।

 कसूरको संक्षिप्त विवरण तथा बिगो:

नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै  सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।00 हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।00 लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।00 प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको। सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा रु.४,९६,७९,५५,४४७।00 पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५% का दरले  रु १,२४,१९,8८,८६२।00, ऐ.ऐनको दफा ७(१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु.३,४१,००,९५०।00 ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।00, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.१,१०,२२,६५,११५।00 र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,8६२।00 समेत कुल विगो रु. ,७१,८१,५०,४११।00 राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन 2058 को दफा 57 को प्रक्रया पूरा गरी आ.व. 2071।072 को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको ।

  • प्रतिवादीहरुको विवरण:
  • जिल्ला काठमाडौं, का.म.न.पा. वडा नम्बर 16 बालाजु ‌औधोगिक क्षेत्र स्थित बोटलर्स नेपाल  लिमिटेड(स्थायी लेखा नम्बर 300048362)
  • ऐ. कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने देहाय बमोजिमका वोर्डका सदस्यहरुः

क्र.सं.

प्रतिवादीको नाम, थर

जिम्मेवारी

1   

Ms. Shukla Wassan

Chairperson

2   

Melvin Tan Chun Pin

Director

3   

Mohamed Amin Ghoneim

Director

4   

Mr. Gaurav Khosla

Director

5   

Sundeep Bajoria

Director

6   

Debabrata Mukherjee

Director

7   

Mr. Sumanta Datta

Director

8

Mr. Jawahar Solai Kuppuswamy

Director

9  

Mr. Sanket Ray

Director

 

  • ऐ. कम्पनिको प्रवन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका देहाय बमोजिमका पदाधिकारीहरुः

क्र.सं.

प्रतिवादीको नाम थर

जिम्मेवारी

1   

Mr. Pradip Pandey

Managing Director

2   

Mr. Puneet Chandrapal Varshney

Managing Director

3   

Rajeev Tandon

Finance Manager

4   

भरतबाबु दहाल

Finance Manager

5   

Sumit Goyal

Finance Manager

6   

अशोक कुमार मण्डल

Finance Controller

7   

डा. त्रिलोचन उप्रेती

Board Director

8   

संजिव कुमार मिश्र

Chartered Accountant

 

  • सजायको मागदावी:

Offshore Indirect transaction मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित ऐ, दफा ४ को (क) र (च) वमोजिम र सो ऐनको संसोधित व्यवस्थामा निरन्तरता दिइएको दफा ४(क) र (च) बमोजिम कार्य गरि राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकोले प्रतिवादीहरु बोटलर्स नेपाल लिमिटेड,  Ms. Shukla Wassan, Melvin Tan Chun Pin, Mohamed Amin Ghoneim, Mr.Gaurav Khosla. Sundeep Bajoria, Debabrata Mukherjee, Mr. Sumanta Datta, Mr. Jawahar Soali Kuppuswamy र Mr.Sanket Ray लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१)(संसोधित दफा २३(१)) बमोजिम  बिगो रकम रु ,७१,८१,५०,४११।00  असुल गरी बिगोको शत प्रतिशत जरिवाना रु.,७१,८१,५०,४११।00गरी जम्मा रु. 7,43,63,00,822।00 (अक्षरेपी सात अर्ब त्रिचालिस करोड त्रिसठ्ठी लाख आठ सय बाइस मात्र) ऐ.दफा २३(१)(घ) बमोजिम कैद सजाय र दफा २३(४) बमोजिम ब्याज समेत असुल गर्न र  प्रतिवादीहरु Mr. Pradip Pandey, Mr. Puneet Chandrapal Varshney, Rajeev Tandon, भरतबाबु दाहाल, Sumit Goyal, अशोक कुमार मण्डल,  डा.त्रिलोचन उप्रेती तथा संजिव कुमार मिश्रलाई  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२  को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको  छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।