नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको शुरुवात

0
Shares

नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ ।

उक्त नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसिएचएलले केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरी गरिएको हो ।

नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआरस्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवद्र्घधन र सहज गर्ने अपेक्षा गरिएको छ

हाल सम्म हिमालय बैंक, सानिमा बैंक,समृद्धि फाइनान्स, कनेक्ट आईपिएस लगायतका मोबाईल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने छ । यी सबै गरी कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् । साथै नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एन.आइ.सी. एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस् मार्फत क्यूआर कार्य पनि सुरु भइसकेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्यगर्दै आएको छ । जसका निम्ती ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक वित्तीय संस्थाहरु संचालनमा आउने क्रममा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।