सातौँ नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो भृकुटीमण्डपमा सुरु

0
Shares

नेपाल बिलडिङ–कन्सट्रकसनको सातौँ इक्जीभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो भृकुटीमण्डपमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्सद्धारा आयोजीत तीन दिन लामो एक्सपोमा नेपाली तथा विदेशी कम्पनीहरु गरी कुल १०५ कम्पनीको सहभागीता रहेको छ । कोभिड–१९का कारण हवाई–उडानमा समस्या आउँदा आशातीत भन्दा २५ प्रतिशत कम्पनीहरु सहभागी हुन नसकेको आयोजकले बताएका छन् ।

बाहिरी देशमा कम्पनीहरुले एक्सपो गर्दा नेपालीहरु लाखौँ रुपैयाँ खर्च गरेर जाने गर्छन् । विदेशी बजारमा निर्माण भएका नयाँनयाँ टुल्स तथा टेक्नोलोजीहरुको बारेमा बुझ्ने गर्छन् । त्यही बाहिर जाने प्रवृत्तिलाई न्युनिकरण गर्दै नेपालमै वैदेशिक कम्पनी र प्रविधि ल्याएर प्रभावकारी ढङ्गबाट नेपाली बजारमा परिचालन गर्ने उद्देश्यले यस एक्सपोको आयोजना गरेको मिडियास्पेस सोलुसन्सका प्रबन्ध निर्देषक श्रीजल भट्टराईले जानकारी दिए ।

एक्सपोमा घर तथा व्यवसाय सम्बन्धी आवश्यक पर्ने निर्माण सामग्रीहरुको सोकेस गरिएको छ । यस एक्स्पोबाट कम्पनीहरुले बिजनेस इन्क्याइरी, अर्डर बूक गर्ने हुँदा सहभागी कम्पनीहरुको प्राथमिकतामा कन्ट्रयाकटर्स, बिल्डर्स, इन्जिनियर, इन्टेरियर डिजाइनर रहेको भट्टराईले बताए ।

तीन दिनसम्म सञ्चालनमा रहने यस एक्स्पोमा भारतीय कम्पनीहरुको सङ्ख्या उल्लेख्य रुपमा बढी छ । अमेरिका तथा युरोपका कम्पनीहरुले नेपाली बजारलाई भारतबाट नै सञ्चालन गर्ने हुँदा भारतीय कम्पनीहरुको सङ्ख्या धेरै रहेको छ । त्यसैगरी एक्सपोमा चिनीयाँ लगायतका कोरियन कम्पनीहरुको पनि सहभागिता रहेको छ ।

चीनमा जिरो कोभिड टलरेन्स नीति अवलम्बन गरेका कारण हवाई–उडानमा समस्या आउँदा कतिपय चीनियाँ कम्पनीहरुले सहभागीता जनाउन सकेका छैनन् ।
कोभिड–१९ महामारीका कारण यो एक्सपो २ वर्षको अन्तराल पछि आयोजना गरिएको छ । यस एक्सपोको मेन स्पोन्सर हिमाल स्टील्स रहेको छ भने को–स्पोन्सर भारतीय कम्पनी ओजोन रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।