समृद्धि फाइनान्सको हकप्रद छुट्यो कि ! आवेदन दिने आज अन्तिम

0
Shares

समृद्धि फाइनान्स लिमिटेड (SFCL) को हकप्रद सेयरको निष्काशन आइतबार कार्यालय समपछि बन्द हुँदैछ ।

फाइनान्सले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन पाउने गरी २ बराबर नयाँ १ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गरेका छ ।

निष्काशित हकप्रद सेयरमा पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका फाइनान्सका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

हकप्रदमा मेरोसेयर सफ्टवेयर, मोबाइल एप, बिक्री प्रबनधक बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

फाइनान्सको हकप्रद सेयरको निष्काशन तथाा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल चुक्ता पूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको सुमृद्धिको हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  ०८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।