र्‍याप रियालिटी शो ‘नेपहोपको श्रीपेच’ टपिक राउन्डका लागि ४० प्रतिस्पर्धी छानिए

0
Shares

नेपालकै पहिलो आयोजना गरिएको हिपहप र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहोपको श्रीपेच’ मा टपिक राउन्डका लागि ४० प्रतिस्पर्धी छानिएका छन् ।

रियालिटी शोमा सहभागि भएका ८ हजार सहभागिहरुमध्येबाट डिजिटल अडिसन, फिजिकल अडिसन, र जर्ज राउन्ट सकिँदासम्म ४० सहभागि टपिक राउन्डका लागि छनौट भएका हुन् ।

गिरिस खतिवडा, बालेन शाह र मानस घलेको निर्णयक भुमिका रहने उक्त, कार्यक्रममा इजी १२, डिजेन, मिडि, कवी जि र भियोमाले मेन्टरको भुमिका निर्वाह गरिरहेका छन् ।

आठ हजार डिजिटल अडिसनबाट छानिएका ६०० प्रतियोगिहरुलाई देशका पाँच शहरमा भएको फिजिकल अडिसनमा सहभागि गराएर मेन्टहरुको जजमेन्टबाट १२३ प्रतिस्पर्धी छानिएका थिए । छानिएका उत्कृष्ट १२३ प्रतिस्पर्धीहरुबाट जर्ज अडिसन राउन्टको प्रस्तुती मार्फत ४० जना छनौट भएका हुन् ।

अब ४० प्रतिस्पर्धीहरुले जर्जले दिएको टपिक अनुसारको प्रस्तुती दिनेछन् । यसबाट उत्कृष्ट पफर्म गर्ने २० जना छनौट हुनेछन् । टपिक राउन्डबाट उत्कृष्ट प्रस्तुती दिने २० बाट भोटिङ्गद्धारा ब्याटल राउन्डका लागि १२ छनौट हुनेछ । त्यसपछि हप्तामा टप १२ बाट टप १० र टप १० बाट टप ८ छनौट हुनेछन् । उत्कृष्ट ८ मा पर्नेमध्येहरुबाट हरेक हप्ता एक जना प्रतिस्पर्धाबाट (इलिमिनेट) बाहिरिनेछन् ।

नेपहोपको श्रीपेचको उपाधिका लागि उत्कृष्ट चार जना भिड्नेछन् । शोको विजेतालाई १० लाख र दोस्रो हुनेलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । साथै उनीहरुले वल्र्ड टुर पनि गर्न पाउने आयोजकले जनाएको छ ।

आरएनएस क्रियसन आयोजक रहेको उक्त कार्यक्रम इमेज च्यानल एचडी र ओएसआर रियालिटी युट्युव च्यानल मार्फत प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म हेर्न सकिन्छ ।

फूल सर्कले बजार व्यवस्थापन गरेको उक्त कार्यक्रमको पुनः प्रसारण र विहाइन्ड द सिन डि म्यूजिक टिभिबाट पनि हेर्न सकिनेछ । निकेश खड्काको निर्देश रहने ‘नेपहपको श्रीपेच’ ओएसआर डिजिटलको सहकार्यमा सुदीप पोखरेल र रोशन श्रेष्ठले ‘नेपहपको श्रीपेच’ निर्माण गरेका हुन् ।

पहिलोपटक आयोजना गर्न लागिएको यो शोको यसै साता ग्राण्ड ओपनिङ सम्पन्न भइसकेको छ । फागुन २४ गते मंगलबारदेखि सुरु भएको कार्यक्रम पहिले दिनदेखि नै ओएसआर रियालिटी युट्युव च्यानलमा ट्रेन्डिङ्गमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।