साइबर सुरक्षा फर्म अभास्टले रुस र बेलारुसमा बन्द गर्यो सेवा

0
Shares

बेलायतको लण्डन स्थित साइबर सुरक्षा कम्पनी अभास्टले पनि रुसमा आफ्नो सेवा दिन बन्द गरेको छ ।

फेबु्रअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि युक्रेनमा युद्ध सुरु भएको थियो।

रुसलाई युद्ध गर्नबाट र्निबल बनाउन अमेरिका, युरोप तथा संसारभरका विभिन्न देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिबन्ध लगाउने क्रममा विभिन्न फिनटेक कम्पनी जस्तै भिसा, मास्टर कार्ड, गुगल, फेसबूक लगायत रहेका छन् । साइबर सुरुक्षा कम्पनी अभास्टले पनि प्रतिबन्ध लगाउने कम्पनीहरुको सूचीमा सामेल भएको छ ।

अभास्ट कम्पनीको कुल आयको १.५ प्रतिशत रुस, युक्रेन र बेलारुसबाट हुने गरेको छ । रुसलाई युद्धमा प्रभावकारी रुपमा सहयोग गरेको भन्दै अभास्टले आफ्नो सेवा बेलारुसमा बन्द गरेको हो । रुस र बेलारुसमा प्रतिबन्ध लगाइएता पनि युक्रेनमा भने अभास्टले निःशुल्क सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।