ब्याजदर घटबढ नहुने भएपछि सेयर बजार सूचक सय अंकले बढ्यो

0
Shares

वाणिज्य बैंकहरुले आगामी महिनाका लागि निक्षेपको ब्याजदर यथास्थितीमै राख्ने भएपछि त्यसको सकारात्मक प्रभाव धितोपत्र बजारमा देखिएको छ ।

अर्थतन्त्रमा देखिएको नकारात्मक उतारचढाव र बढ्दो ब्याजदरका कारण घट्दो क्रममा देखिएको सेयर बजारमा निक्षेपको ब्याजदर नबढ्ने भएपछि उच्च अंकको सुधार आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार सूचक १०१.०७ अंक ले बढेको छ । आइतबारको सुधार पछि नेप्से सूचक २६६७.९७ अंकमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांस कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो ।

बैंकहरुले चैतका लागि ब्याजदर नबढाउने निर्णय गरेपछि धितोपत्र बजारमा लगानीकर्तामा उत्साह छाएको हो । रेमिटेन्स भित्रिने दर घटिरहेका बेला पनि विदेशी मुद्रा सञ्चितिमा देखिएको सुधारले अर्थतन्त्र समेत पुन लयमा फर्कने संकेत देखिएपछि पनि लगानीकर्ताको मनोबल बढेको हो ।

आइतबार नेप्सेमा कारोबार भएका अधिकासं समुहगत परिसूचकहरु पनि बढेका छन् । नेप्सेमा कारोबार भएका समुहगत परिसूचकहरु बैंकिङ ५४.७१, विकास बैंक २१०.५६, वित्त १०७.०१, जिवन बीमा ९२२.१६, निर्जिवन बीमा ५६७.८७, लघुवित्त १६३.७८, ब्यापार ११३, होटल १५८.६९, लगानी ३.८१, अन्य ८६.६२, उत्पादन मूलक ३०८.०६, जलविद्युत ७५.६५र समुहहिक लागनी कोषको समहुगत सुचक ०.१७ अंकले बढेको छ । आइतबार ७ कम्पनीको सेयर मूल्यमा आएको उच्च सुधारले सर्किट ब्रेकर लागेको छ ।

आइतबार नेप्सेमा २२८ कम्पनीको ६४ हजार ६३५ कारोबारबाट ४ अर्ब ८७ करोड रुपैयाँ बरावरको ९९ लाख २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार भएको शिवम् सिमन्ट्सको ३४ करोड ३६ लाख रुपैयाँ बरावरको सेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।