व्याजदर घटाउन र तरलताको समस्या समाधान गर्न मोरङ्ग व्यापार संघको माग

0
Shares

मोरङ्ग व्यापार संघले बढ्दो व्याज दरका कारण उद्योग/व्यवसायहरु धरासायी हुने सम्भावना बढ्न गएको भन्दै व्याजदर घटाउन र तरलताको समस्या समाधान गन माग गरेका छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री जनार्दन शर्मा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएका हो ।

ज्ञापन पत्र बुझाउँदै निवर्तमान अध्यक्ष मून्दडाले मुलुकको आर्थिक मेरुदण्डीय निजी क्षेत्रका उद्योग/व्यवसायहरुले हाल बढ्दो व्याज दरको मार खेप्नुका साथै हाल विभिन्न कारणले पूँजी अभावको अवस्था श्रृजना भएबाट उद्योग/व्यवसायहरु धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको श्रृजना भएको बताए ।

साथै, निवर्तमान अध्यक्ष मून्दडाले बैंकहरुले हाल संस्थागत निक्षेपमा १० प्रतिशत सम्म व्याजदर कायम गरेको र आगामी चैत्रमा बैंक व्याजदर ११ प्रतिशत सम्म पुग्नसक्ने समेत सम्भावना देखिएको बताउँदै हालका लागि संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत बैंक व्याजदर कायम गराउन र तरलता अभावको समस्या न्यूनीकरण गराउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष अनुरोध गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश मून्दडासहित पूर्वअध्यक्ष महेश जाजू पूर्व अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, कार्यकारी सदस्यहरु दिपेश सुवेदी, अमित सारडा,पवन राठी, देवाशिष गोल्छा,सुशिल सुराना र गोपाल अग्रवालको उपस्थित रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।