सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि गिरावट

0
Shares

सुनको भाउमा साताको दोस्रो दिन सोमबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

आजका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबारको तुलनामा चाँदी भाउ सोमबार तोलामा १० रुपैयाँले घटेको हो । सोमबार चाँदीको भाउ तोलाको १ हजार ४१५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७७ डलर तथा चाँदी प्रतिऔंस २५.७३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।