सुनको भाउ तोलामा १८ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि ३५ रुपैयाँ गिरावट

0
Shares

सुनचाँदीको भाउमा घट्ने क्रमले साताको तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबारको तुलनामा सुनको भाउ १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको हो । आइतबारको तुलनामा सोमबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो ।

आजका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । सोमबारको तुलनामा चाँदी भाउ तोलामा ३५ रुपैयाँले घटेर मंगलबार तोलाको १ हजार ३८० रुपैयाँ भाउ निर्धारण गरिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३४ डलर तथा चाँदी प्रतिऔंस २४.८२ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।