सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

0
Shares

सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपालको संविधान अनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो ।

चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  १९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।