प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे छलफल अलपत्र परेको छ ।
प्रतिनिधिसभामा बुधबार प्रधानन्यायाधीशमाथिको महाभियोगमाथि छलफल गर्ने कार्ययोजना रहेपनि आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै सो एजेण्डा अलपत्र परेको छ ।
महाभियोगमाथिको छलफलको एक दिनअघि सरकारले सङ्घीय संसद् अन्त्यको सिफारिस गरेपछि अब उक्त महाभियोग अलपत्र पर्ने देखिएको हो । प्रतिनिधिसभाले ११ सदस्यीय समिति बनाएर जबराविरुद्ध महाअभियोग बढाउन लागेका थिए ।
नेपालको संविधान अनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो ।
सरकारले एमालेले लागातार संसद् बैठक अवरुद्ध गरिरहेका कारण संसद् अधिवेशन अत्यका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया