वाणिज्य बैंकहरुमा फागुनमा २२ अर्ब निक्षेप थपियो, १७ अर्ब कर्जा प्रवाह

0
Shares

वाणिज्य बैंकहरुमा फागुन महिनामा २२ अर्ब निक्षेप थपिएको छ भने सो महिनामा बैंकहरुले थप १७ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा कर्जा लगानीमा नियन्त्रण गर्न थालेका छन् ।

यसअघि बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए । विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुनमा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन । जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब निक्षेप थपिदा ३ अर्ब मात्र कर्जा लगानी गरेका छन ।

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।

चालु आर्थिक वर्षको फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप २२ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सो अवधिमा १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन ३० गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।