एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम गण्डकी प्रदेशमा

0
Shares

एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा चैत्र ४ गते गण्डकी प्रदेशको पोखरामा, अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।