सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले १५ औं वार्षिकोत्सवको अवसरमा भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै इ.के.वाई.सी. सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा बैंकले यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको के.वाई.सी. विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने बनाएको हो ।
आफ्नो के.वाई.सी. फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नुपर्र्ने बैंकले जनाएको छ । यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय के.वाई.सी. अध्यावद्यिकको निवेदन दिन सक्नेछन् ।
डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।
साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन फोन नम्बरमा फोन गरी तथा कगउउयचत२अतशलदबलप।अयm मा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया