शिवश्री हाइड्रोको साधारण शेयर असोज १६ गतेदेखि खुल्ने, यस्तो छ कम्पनी

0
Shares

शिवश्री हाइड्रोपावर लिमिटेडले यहि असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ निष्कासनको गर्न लागेको हो ।

कम्पनीले चुक्तापुँजीको २२.६९ प्रतिशत हुन आउने ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा बिक्री गर्नेछ । यस अघि कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गर्दा बिक्री नभएको शेयर समेत गरेर उक्त परिमाणको शेयर जारी गर्नेछ।

कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिकेको थियो । स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

कम्पनीको आईपिओमा न्यूनतम दश कित्ता अर्थात एक हजार रुपैयाँ देखि दश लाख कित्ता अर्थात दश करोड रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । आम्दानी दिने मिति छिटोमा असोज २४ र ढिलोमा कात्तिक १५ गतेसम्म रहेको छ ।

लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा सि आश्वा सेवा दिने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आईपीओमा आवेदन दिन पाउनेछन् ।

यस्तो छ कम्पनी

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२,२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ । आयोजनका कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ छ । जसको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ छ । 

आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि २१.९५ बर्ष रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निर्माण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ । आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बि।सं २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ । बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो । ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ ।