सेयर बजार कब्जा गर्ने आइएमईको रणनीतिमा अर्थको चासो, अध्ययन गरी कारबाही गर्न निर्देशन

0
Shares


धितोपत्र बजारमा आइएमई समुहले अस्वभाविक सक्रियता बढाएपछि अर्थमन्त्रालयले समेत चासो देखाएको छ । गत सोमबार सेयरको किनबेच नै प्रभावित भएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) संग छलफल गरेको हो ।

फागुन ३० गते सोमबार नेप्सेमा नियमित कारोबार समय ४ घण्टा भएपनि २ घण्टा मात्र कारोबार भयो । सो दिन धितोपत्र दलाल कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या आएको भनियो । तर, आइएमई समुहको कम्पनी इ–सेयरले खरिद गरेको क्यापिटल मार्केट टेक्नोलोजीले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको ब्रोकर ब्याक अफिस सिस्टमलाई टीएमएसमा इन्ट्रिग्रेट गर्दा सेयर किनबेच नै गर्न नमिल्ने गरी समस्या आएको धितोपत्र दलाल कम्पनीहरु बताउँदै आएका छन् ।

सो विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुसंग छलफल गरेका हुन । उनले छलफलपछि सोमबार कारोबार हुन नसक्नुको कारण खोजी सम्बन्धित पक्षलाई कारबाही गर्न धितोपत्र बोर्डलाई निर्देशन नै दिएका छन् । छलफलमा सहभागी मन्त्री तथा सचिवहरुले सेयर किनबेच नै रोकिनुलाई समान्य रुपमा लिन नहुने बताएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

“को हो ? कसको कारण कारोबार नै हुन नसक्ने गरी समस्या आयो ? भन्ने प्रश्न गर्दे अर्थमन्त्री शर्माले यसको तत्काल अध्ययन गरेर दोषिलाई कारबाही गर्न धितोपत्र बोर्डलाई निर्देशन दिनु भयो,” सहभागी ती अधिकारीले भने,“यस सन्दर्भमा धितोपत्र बोर्डमा टास्क फोर्स समेत बनेको छ ।” नेप्सेको कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्राली अन्य क्षेत्रमा प्रवेश गरेको सन्दर्भमा नेप्सेलाई जानकारी समेत गराएको उनको भनाई छ ।

सेयर बजारमा सक्रिय व्यवसायीक समुहले बजारका हरेक क्षेत्रमा पहुँच राख्दा समग्र बजारलाइ नै आफठ्यारोमा पार्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए । यस सन्दर्भमा नेप्से पनि गम्भिर हुनेपर्ने देखिने बताउदै उनले भने,“नेप्सेले आफ्नो डाटाको जिम्मेवारी लिनु नै पर्ने हुन्छ ।” सेयर बजारमा पछिल्लो समयमा बढेका गतिविधिको सन्दर्भमा नवनियुक्त अध्यक्षले समेत गम्भिर रुपमा लिएको उनले बताए । “आगामी आइतबार धितोपत्र बोर्डले समेत सम्बन्धित पक्षहरुसँग छलफल गर्ने तय गरेको छ,”उनले भने,“धितोपत्र बोर्डले कारोबार हुन नसक्नुको कारण सोध्दै नेप्सेलाई मंगलबार नै पत्राचार गरिसकेको छ ।”

आइएमई समुहको प्रत्यक्ष अप्रत्यक्ष रुपमा लगानी रहेको इ–सेयर सोलुसनले केही समय अघि मात्र ब्रोकर ब्याक अफिस सिस्टमको सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी क्यापिटल मार्केट टेक्नोलोजी खरिद गरेको छ । त्यसैगरी इ–सेयरले वाइको प्रालीसंग मिलेर टीएमएसको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि वाइको सोलुसन प्राली स्थापना गरेको छ । यी दुबै कम्पनीमा ग्लोबल आइएमई कम्पनीको लगानी रहेको छ । सोमबार टीएमएस र बोसको इन्ट्रिग्रेसन गर्दा कारोबार नै रोक्नु पर्ने अवस्था आयो । त्यसपछि मंगलबार क्यापिल मार्केट टेक्नोलोजीले धितोपत्र दलाल कम्पनीलाई असुविधाका लागि क्षमा माग्दै मेल समेत पठाएको छ । टीएमएसमा अझै पनि कोल्याटरल लोड गर्ने समस्या समाधान नभएको ब्रोकरहरु बताउँछन ।

धितोपत्र बजारमा आइएमई समुहको लगानी रहेको ग्लोबल आइएमई बैंक क्लियरीङ सदस्य बैंक हो । सो समुहको लगानी रहेको हाथ वे इन्भेष्टमेन्ट सहित करिब आधा दर्जन भन्दा धेरै इन्भेष्टमेन्ट कम्पनीहरु रहेका छन् । त्यसैगरी आइएमई समुहको लगानी रहेका आधा दर्जन भन्दा धेरै कम्पनीहरु धितोपत्रको दोस्रो बजारमा सुचिकृत छन् । यो संगै सो समुहले कारोबार व्यवस्थापन प्रणाली र ब्याक अफिसलाई पनि आफ्नो नियन्त्रणमा लिइसकेको अवस्था छ । अब यो समुहको योजना पेमेन्ट गेट वेमा आइएमई पे लाई भित्राउने रहेको छ । बोसको पेमेन्ट गेटवे मा एनसीएचएल र इसेवा रहेकोमा आइएमइ पे लाई जोडिसकेको अवस्था छ ।

 

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।