काठमाडौँ । इन्फिनिक्स नेपालले आफ्नो नयाँ स्मार्टफोन जीटि ३० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा यसको मूल्य ४७ हजार ९९९ रुपैयाँमा सार्वजनिक भएको हो ।
यो त मोबाइल गेमिङ्गको दुनियाँमा एकदमै ठुलो एलान हो। साहसी, छिटो र डर नभएकाहरूका लागि बनेको केवल फोन मात्र नभई ओरिजिनल गेमर हरूका लागि बनाइएको युद्ध हतियार हो।
यसको भव्य प्रिमियर नेपालकै सबैभन्दा ठूलो ईस्पोर्ट्स इभेन्टमा असार ७ गते भएको हो । यो फोनलाई नेपालको सबैभन्दा ठूलो गेमिङ मञ्चमाको धमाकेदार सार्वजनिक घोषणा गरेको छ ।
पब्जी मोबाइलका टप प्लेयरहरू, स्ट्रिमरहरू र गेमिङ्ग फ्यानहरूको उपस्थितिमा कम्पनीले ठुलो सन्देश दिएको छ । यो फोन केवल गेमरहरूका लागि मात्र हैन, गेमरहरूले नै निर्माण गरिएको कम्पनीको दाबी छ ।












प्रतिक्रिया