इमर्जिङ्ग नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को सेयरमूल्यमा साताको पहिलो कारोबार दिन आइतबार सकारात्मक सर्किट लागेको छ ।  बजार खुलेको १५ मिनेटको अवधिमा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर १० प्रतिशतले बढेर कारोबार भएको हो ।

कम्पनीको धितोपत्रको मूल्य ९.९९ प्रतिशत बढेर प्रतिकित्ता ५१९.८० रुपैयाँ पुगेको छ । आधा घण्टा अवधिमा ३४० कित्ता सेयर १ लाख ७५ हजार ८०४ रुपैयाँमा खरीद बिक्री भएको छ ।

उक्त अवधिमा कारोबारमा आएका १८० ओटा धितोपत्रमध्ये १०७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य बढेकोमा उक्त कम्पनीको सेयरमूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा सर्किट लेबलमा वृद्धि भएको हो ।

कम्पनीको सेयरमा खरीदका लागि ३४५ वटा आदेश मार्फत सर्किट मूल्यमा नै ३ लाख १ हजार ५०७ कित्ताको माग अर्डर रहेको छ । मार्केट डेप्थमा हेर्दा बिक्रीकर्ता शुन्य रहेको छ । बिक्रेता शुन्य भएर क्रेताको लाइन लाग्दा कम्पनीको धितोपत्रको माग उच्च भएको हो । कम्पनीको धितोपत्र ५२ हप्तामा अधिकतम ४७२ रुपैयाँसम्म कारोबार भएको छ भने न्यूनतम २८७ रुपैयाँसम्म झरेर कारोबार भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।