समता लघुवित्तको हकप्रद शेयर असोज २६ गतेदेखि बिक्रीमा आउने

0
Shares

समता माइक्रोफाइनान्सले असोज २६ गतेदेखि १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर बिक्री खु्ला गर्ने भएको छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर दुई अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो ।

कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ ३१ गते बुक क्लोज गरेको थियो । जस अनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीले आगामी मंसिर १ गतेसम्म हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।

शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन्।

हकप्रद शेयर निष्काशनको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।