नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासिक वर्गिकरण नतिजा सार्वजनिक गरेको छ । वर्गिकरण अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरिएको छ ।
नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ए मा २५ वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स, एक लघुवित्त, तीन हाइड्रोपावर र एक उत्पादनमुलक कम्पनी गरी कुल ३६ कम्पनी परेका छन् ।
त्यसैगरी बी समूहमा भने २ फाइनान्स, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी र एक लगानी समुहको कम्पनी गरी ९ वटा कम्पनी परेका छन् ।
यस्तै जी समूहमा नेप्सेमा सूचीकृत भएको दुई वर्ष पूरा नभएको कम्पनीहरु गरी कुल ३६ वटा कम्पनी परेका छन् । जस अन्तर्गत ८ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ वटा हाइड्रो पावर कम्पनी, एक होटल तथा टुरिजम, चार लगानी समुहका कम्पनी र एक अन्य समुहको कम्पनी समावेश भएको छ ।
सबैभन्दा धेरै ग्रुस जेडमा १४८ वटा कम्पनी समेटिएका छन् । जस अन्र्तगत एक वाणिज्य बैंक, १२ विकास बैंक, १६ फाइनान्स कम्पनी, ४० लघुवित्त कम्पनी, ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २८ हाइड्रोपावर, एक लगानी समुहको कम्पनी, ४ व्यापार समुहका कम्पनी, १८ उत्पादनमुलक, होटल/टुरिजमका ४ कम्पनी र र २ अन्य समुहमा सूचीकृत कम्पनीहरु परेका छन् ।
गत आर्थिक वर्षको साधारण सभा समयमा नै सम्पन्न गर्न नसकेपछि एनआईसी एशिया बैंक नेप्सेको सूचीकरण अनुसार सबैभन्दा खराब अर्थात जेड समुहमा पुगेको छ । यस्तै बीमा, जलविद्युत, विकास बैंक, फाइनानस, लघुवित्त, उत्पादन, ब्यापार, होटल आदीमा सूचीकृत कम्पनीहरुको पनि धेरे यसै वर्गिकरणमा परेका छन् ।
नेप्सेले २०७८ माघ ८ गतेदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा चैत ६ गते आइतबार सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी सहितको आवेदन दिन आग्रह गरेको हो ।
समुह ‘ए’ मा परेका ३६ कम्पनीहरु
समुह ‘बी’ मा परेका ९ कम्पनीहरु
समुह ‘जी ‘मा परेका ३६ कम्पनीहरु
समुह जेड मा परेका १४८ कम्पनीहरु
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया