जोनशनको प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुने

0
Shares

जोनशनको मुख्य प्रायोजन संगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह प्रायोजनमा एक भब्य बेबी पेजेन्ट शो आयोजना हुने भएको छ ।

३ वर्ष देखि ७ बर्ष सम्मका बालबालिकालाई लक्षित गरि कार्यक्रमको आयोजना तय भएको छ ।

जारीे प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ बर्ष देखि साढे ४.५ बर्षका बालबालिका “र्याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यसै गरि ४.५ वर्ष उमेर भन्दा माथि र ७ बर्ष भन्दा मुनिका बालबालिकाहरु “र्याम्प वाक” र बिभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन् ।

सहभागिताको लागि आकांक्षीहरुले निशुल्करुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । बेबि पेजेन्ट शो मा भाग लिन चाहनेले अन्तिम आवेदन २५ मार्च, २०२२ (११ चैत २०७८) भित्र गरिसक्नु पर्नेछ ।

यस बेबि पेजेन्ट शो मा दुई छुट्टाछुट्टै बिद्यामा प्रतिस्पर्धा गरिने छ ।

जस अनुसार ३ देखि ४.५ वर्ष समुहका प्रथम विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमश  २५ हजार  र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सोही अनुरूप ४.५ वर्ष देखी ७ वर्ष समुहका प्रथम बिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमश२५ हजार  र १५ हजार रूपैया प्राप्त गर्नेछन् ।
दुबै समूह गरि कुल पुरस्कार रकम एक लाख ८० हजार रहेको छ ।

निकै रुचि र कौतुहलताको साथ हेरिएको यस बेबि पेजेन्ट शोले बिभिन्न चरणहरु पार गर्दै ९ अप्रील, २०२२ (२६ चैत २०७८) मा अन्तिम प्रतिस्पर्धा गर्नेछ ।

भौतिक रुपमा पठनपाठन शुरु भए संगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा रहेको सोचाई अनुभुति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएकोछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।