राष्ट्र बैंकको निर्देशनले गुँरास लघुवित्तको लाभांश घट्यो

0
Shares

गुँरास लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर नयाँ लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको ८.३८ प्रतिशत बोनस र बोनसमा लाग्ने करका लागि ०.४४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाईएकोमा राष्ट्र बैंकको निर्देशन पछि लाभांश संशोधन गरेको छ ।

असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले ७.६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४००७ प्रतिशत नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

हाल ७ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पश्चात पूँजी ८ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।