साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा ५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघिका कारोबारमा भन्दा आजको यो सेसनमा कारोबार घटेको हो । यसअघि १५ मिनेटमा नै करोडसम्मको सेयर कारोबारमा आउने गरेको थियो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये ९ कम्पनीको भाउ बढेको छ । ४ कम्पनीकाे भाउ घटेको छ भने एक कम्पनीको स्थीर रहेको छ ।
यस अवधिमा १४ कम्पनी ८१७ कित्ता सेयर ५ लाख ६ हजार ६३० रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ०.२४ अंकले घटेसँगै सूचक २ हजार ६३४ दशमलव ४२ बिन्दुमा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया