बिजी मलमा सुरु भयो ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक दिन उपहार

0
Shares

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । 

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

‘सप एण्ड वीन’ उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।

बम्पर उपहारमा गोलाप्रथाबाट एक एक एक जनाले यमाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्ने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

यो अफर अन्तर्गत ग्राहकले दैनिक रुपमा १ हजार रुपैयाँको सपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजिको एलईडी टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि ग्यास एण्ड इलेक्ट्रिक हिटर, सिजि इलेक्ट्रिक ओभन तथा साउण्ड बार उपहारको रुपमा पाउन सक्छन् ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

असोज २ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।