ग्रीन भेञ्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते मंगलबार देखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमा नै ४ लाख ३२ हजार ४२१ वटा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा उक्त संख्याबाट ५४ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ५४ लाख ५८ हजार ९६० कित्ता सेयर माग भएको हो । जुन सर्वसाधारणबाट माग गरिएको सेयरको झण्डै २ गुणाा (१.९० गुणा) हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि चैत्र ११ गतेसम्म आवेदन दिन सक्नेछन् । मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया