नबिल बैंकको एसिड आक्रमणबाट बाँच्न सफल बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको छ ।

बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो ।

एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पीडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पीडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ ।

यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ ।

वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत/वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह/सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो ।

एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो ।

बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देश सहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहने बैंकले जनाएकाे छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।