साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको बोनस सेयर तथा साधारण सभा प्रयोजनका लागि चैत १५ गतेदेखि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ ।
कर्पोरेशनको चैत ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत ३० गते बुधबार बिहान ११ बजे डाकेको ५५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
बैठकले ५५ औं वार्षिक साधारण सभाका लागि चैत १५ गते मंगलबारदेखि चैत ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत १४ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (२ करोड ३० लाख ४८ हजार २९० रुपैयाँ) बोनस सेयर र बोनसको कर प्रयोजनका लागि छुट्याइएको ०.५२६ प्रतिशत (१२ लाख १३ हजार २८ रुपैयाँ) नगद लाभांश अनुमोदन गर्नेछ ।
यस्तै सभामा आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया